२०८२ माघ २२ बिहिवार , ०१:२८:११ बजे

Sajhamanch
'

झन्डै ७० लाख अस्ट्रेलियाली घातक डढेलोको जोखिम रहेको क्षेत्रमा बस्छन् : प्रतिवेदन

मङ्गलवार, पौष २२, २०८२

झापा । झन्डै ७० लाख अस्ट्रेलियाली घातक डढेलोको जोखिम रहेको क्षेत्रमा बसोबास गर्दै आएका एक प्रतिवेदनले जनाएको छ ।

प्रमुख शहरहरूको बाहिरी क्षेत्रहरूमा बसोबास गरिरहेका अस्ट्रेलियालीहरू सन् २०२५ को जनवरीमा अमेरिकाको लस एन्जलस (एलए) जङ्लमा लागेको डढेलोजस्तै शहरी आगलागीको जोखिममा रहेका गैरसरकारी संस्था ‘क्लाइमेट काउन्सिल र इमर्जेन्सी लिडर्स फर क्लाइमेट एक्शन’ (ईएलसीए) को प्रतिवेदनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिवेदनका अनुसार सिड्नी, मेलबर्न, पर्थ, एडिलेड, होबार्ट र क्यानबेराका प्रमुख शहरहरूको बाहिरी क्षेत्रहरू घातक डढेलोको जोखिममा रहेका छन् ।

प्रमुख शहरहरूको बाहिरी उपनगरहरूमा बसोबास गर्ने अस्ट्रेलियालीहरूको सङ्ख्या सन् २००१ देखि ६५ दशमलव ५ प्रतिशतले बढेर ६९ लाखभन्दा धेरै पुगेको र आगलागीको उच्च जोखिम भएका क्षेत्रहरूमा ९० प्रतिशत घरहरू आधुनिक बुशफायर–रेजिलियन्ट मापदण्डहरू लागू हुनुभन्दा पहिले नै निर्माण भएका खबरमा उल्लेख छ ।

प्रतिवेदनले जलवायु परिवर्तनको असर कम गर्नका साथै शहरी क्षेत्रमा आपत्कालीन सेवा व्यवस्थापन क्षमतालाई प्राथमिकताका रूपमा बढाउन आग्रह गरेको छ ।

सम्बन्धित खबर