२०८२ पौष २३ बुधवार , ११:१५:१४ बजे

Sajhamanch
'

कोलम्बियाली राष्ट्रपतिलाई पदबाट हटाउने डोनाल्ड ट्रम्पको चेतावनी

मङ्गलवार, पौष २२, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई पदबाट हटाउने चेतावनी दिनुभएको छ । साथै उहाँले कोलम्बियामा पनि सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

ट्रम्पले कोलम्बियाली नेतृत्वलाई लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै क्षेत्रीय सुरक्षाको विषय उठाउनुभएको छ । कोलम्बियाविरुद्ध अमेरिकी सैन्य कारबाहीको सम्भावनाबारे ट्रम्पलाई सोधिएको प्रश्नमा उहाँले आफूलाई ठिक लागिरहेको प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पेट्रोले शनिवार भेनेजुएलामाथि भएको अमेरिकी आक्रमणको विषयमा छलफल गर्न अमेरिकी राज्यहरूको संगठन र संयुक्त राष्ट्रसंघको आकस्मिक बैठकको आह्वान गर्नुभएको थियो । यसअघिको एक अन्तर्वार्तामा ट्रम्पले मेक्सिको र कोलम्बियालगायत अरु देशका लक्ष्यहरूविरुद्ध सैन्य कारबाही विस्तार गर्नेबारे विचार गर्ने बताउनुभएको थियो ।

गएको शनिवार अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको थियो ।

सम्बन्धित खबर