२०८२ पौष २३ बुधवार , ११:१५:३१ बजे

Sajhamanch
'

चिसो बढेपछि कञ्चनपुरका ३ वटा पालिकाका विद्यालय बन्द

मङ्गलवार, पौष २२, २०८२

कञ्चनपुर । अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि कञ्चनपुरको तीनवटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

बालबालिकालाई चिसोले समस्या हुन थालेपछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् ।

हिजोदेखि भोलिसम्मका लागि तीन दिन सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन विद्यालय बन्द गरिएको बेल्डाँडी गाउँपालिकाले जनाएको छ ।

त्यस्तै पुस २५ गते सम्म जाडो बिदा गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिनुभयो । त्यस्तै, लालझाडी गाउँपालिकाले पनि सञ्चित हिउँदे बिदाबाट कट्टा हुनेगरी आज र भोलि दुई दिन बिदा दिएको जनाएको छ ।

लगातारको चिसोका कारण कञ्चनपुरसहित तराई/मधेशको जनजीवन प्रभावित बनेको छ ।

सम्बन्धित खबर