२०८२ पौष २३ बुधवार , ०९:४५:२७ बजे

Sajhamanch
'

न्यूयोर्कको अदालतमा आफू निर्दोष रहेको मदुरोको बयान

मङ्गलवार, पौष २२, २०८२

झापा । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरूलाई अस्वीकार गर्नुभएको छ ।

अमेरिकाको न्युयोर्क म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू ‘निर्दोष’ रहेको बयान दिनुभएको छ । उहाँविरुद्ध ‘नार्को–टेररिज्म’ अर्थात् लागूऔषध आतंकवादको षड्यन्त्र, मेसिनगन र विनाशकारी उपकरणहरू राखेकोलगायतका अभियोग रहेका छन् ।

बीबीसीका अनुसार ६३ वर्षीय मदुरोले अदालतमा आफू भेनेजुएलाको निर्वाचित राष्ट्रपति भएको दाबी गर्नुभयो । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार न्युयोर्कको संघीय अदालतले अर्को सुनुवाइका लागि आउँदो मार्च १७ तारिखको मिति तय गरेको छ ।

गएको शनिवार अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति मदुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको थियो । अमेरिकामा दोश्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएदेखि नै उहाँले भेनेजुएलामा सत्ता परिवर्तन हुनुपर्ने विषय उठाउँदै आउनुभएको थियो । ट्रम्पको पहिलो कार्यकालमै मदुरोसँग सम्बन्ध राम्रो थिएन ।

सम्बन्धित खबर