२०८२ पौष २२ मङ्गलवार , १०:४६:२८ बजे

Sajhamanch
'

सन् २०२५ मा चीनले ताइवानमा प्रतिदिन औसत २६ लाख साइबर आक्रमण गर्‍यो : प्रतिवेदन

सोमवार, पौष २१, २०८२

झापा । सन् २०२५ मा चीनले ताइवानमा प्रतिदिन औसत २६ लाख ३० हजारभन्दा धेरै साइबर आक्रमण गरेको एक प्रतिवेदनले देखाएको छ ।

यो अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले धेरै हो । ताइवानका अस्पतालदेखि बैंकसम्मका प्रमुख पूर्वाधारहरूमा चिनियाँ साइबर आक्रमणको निशानामा परेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

पछिल्ला वर्षहरूमा चीनले ताइवान वरपर दैनिक सैन्य अभ्यासदेखि लिएर गलत सूचना अभियान र साइबर आक्रमणहरूसम्म गरिरहेको प्रतिवेदनमा उल्लेख छ । ताइवानलाई आफ्नो हिस्सा मान्ने चीनले सैन्य र राजनीतिक दबाव बढाइरहेको छ ।

ताइवानको राष्ट्रिय सुरक्षा ब्यूरोको आइतवारको प्रतिवेदन अनुसार पहिलो पटक यस्तो तथ्याङ्क प्रकाशित गर्न थालेको २०२३ को तुलनामा २०२५ मा दैनिक आक्रमणको औसत सङ्ख्या ११३ प्रतिशतले बढेको छ ।

ऊर्जा, आपत्कालीन उद्धार र अस्पतालजस्ता क्षेत्रहरूमा वर्षेनि आक्रमण बढिरहेका छन् । चीनले जानीजानी सरकार र सामाजिक कार्यहरूलाई बाधा पुर्‍याउने वा पक्षाघात गर्ने प्रयास गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

गएको मे महिना ताइवानी राष्ट्रपति लाई चिङ–तेले आफ्नो कार्यकालको पहिलो वर्ष मनाएको र नोभेम्बरमा युरोपेली संसदमा सांसदहरूसँगको बैठकमा उपराष्ट्रपति सियाओ बि–खिमले बोलेको जस्ता राजनीतिक रूपमा संवेदनशील क्षणहरूमा पनि चीनले ह्याकिङ गतिविधिहरू बढाएको थियो ।

सम्बन्धित खबर