२०८२ पौष २१ सोमवार , ०८:०६:२५ बजे

Sajhamanch
'

धनुषामा दुई समूहबीच तनाव बढ्दा वीरगञ्जमा पनि प्रदर्शन

आइतवार, पौष २०, २०८२

जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा दुई समूहबीच तनाव बढ्दा त्यसको असरले पर्साको वीरगञ्जमा पनि प्रदर्शन भएको छ ।

टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरि अभद्र टिप्पणी गरेको विषयलाई लिएर धनुषामा देखिएको तनावको असर वीरगञ्जसम्म देखिएको हो ।

प्रहरीले मधेश प्रदेशभर सुरक्षा सतर्कता बढाएको जनाएको छ । धनुषाको कमला नगरपालिका वडा नम्बर ६ सखुवा मरानमा रहेको मस्जिदमा तोडफोडसमेत भएपछि आज बिहानैदेखि वीरगञ्ज र आसपासका क्षेत्रमा प्रदर्शन भएको छ ।

वीरगञ्जको छपकैया इदगाह चोकमा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सात जना प्रहरी सामान्य घाइते भएका छन् ।

टिकटकमा भिडियो राख्ने र तोडफोडमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव कायम राख्न सबैसँग आह्वान गरेको छ ।

सम्बन्धित खबर