२०८२ पौष १७ बिहिवार , ०३:१६:४७ बजे

Sajhamanch
'

नयाँ वर्षको आगमनसँगै गाजावासीहरू जीवन पुनः निर्माणको पर्खाइमा

बिहिवार, पौष १७, २०८२

झापा । विश्व समुदायले सन् २०२६ को स्वागत गरिरहँदा लामो समयदेखि युद्धको चपेटामा परेको गाजा क्षेत्रका प्यालेस्टाइनीहरू भने शान्ति पुनर्वहाली र जीवनको नवनिर्माणको व्यग्र प्रतिक्षामा छन् ।

द्वन्द्व र अस्थिरताकाबीच त्यहाँको जनमानसले नयाँ वर्षलाई केवल क्यालेन्डरको पाना फेरिने दिनको रूपमा मात्र नभई युद्धविराम र मानवीय गरिमा फिर्ता पाउने एक महत्त्वपूर्ण अवसरको रूपमा हेरेका चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले लेखेको छ ।

दशकौंदेखि युद्धको विभिषिका र अकल्पनीय पीडा भोगेका स्थानीय बासिन्दाहरूको मुख्य चाहना भनेकै गाजा र वेस्ट बैंकमा चलिरहेको हिंसाको अन्त्य हो । उनीहरूको सामूहिक बुझाइमा जबसम्म युद्ध रहन्छ, तबसम्म जीवनको कुनै अर्थ रहँदैन ।

तर बन्दुकका नालहरू शान्त भएमा जीवन पुनः सुन्दर बन्नसक्छ । त्यसैले, सन् २०२६ मा यो भूमिमा पूर्ण शान्ति र सुरक्षाको प्रत्याभूति होस् भन्ने साझा कामना त्यहाँको सडकदेखि शिविरसम्म गुञ्जिरहेको छ ।

नागरिकहरू अब भयमुक्त वातावरणमा सास फेर्न र सुरक्षा शब्दको वास्तविक महसुस गर्न चाहन्छन् । युद्धले ध्वस्त पारेको अर्थतन्त्र र दैनिक जनजीवनको सामान्यीकरण यहाँको अर्को प्रमुख मुद्दा बनेको छ । स्थानीय बासिन्दाहरू भन्छन् कि उनीहरू अनियन्त्रित महंगी नियन्त्रणमा आओस् र बजार भाउ युद्धअघिकै अवस्थामा फर्कियोस् भन्ने चाहना राख्छन् ।

विश्वका अन्य मुलुकका नागरिकसरह मलहरूमा गएर आफ्ना दैनिक आवश्यकताका सामानहरू निर्धक्क खरिद गर्न पाउने सामान्य अधिकारको खोजीमा उनीहरू छन् ।

सम्बन्धित खबर