२०८२ पौष १७ बिहिवार , १०:२३:४८ बजे

Sajhamanch
'

बिर्तामोडमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : निदि मावि प्रथम

बुधवार, पौष १६, २०८२

बिर्तामोड । बिर्तामोडमा आयोजित स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालय प्रथम भएको छ ।

बिर्तामोड नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नम्बर २ मा रहेको निदि माविले १७ स्वर्ण, ८ रजत र ५ कास्य जितेर प्रथम भएको हो ।

यस्तै वडा नम्बर १० मा रहेको महेन्द्रज्योति माध्यमिक विद्यालय दोश्रो भएको छ । महेन्द्रज्योतिले ७ स्वर्ण, ५ रजत र ४ कास्य प्राप्त गरेको छ ।

यस्तै वडा नम्बर ३ को महेन्द्ररत्न माध्यमिक विद्यालय तेश्रो भएको छ । महेन्द्ररत्नले ६ स्वर्ण, ९ रजत र ७ कास्य प्राप्त गरेको छ ।

विजेता विद्यालयहरु प्रथम, द्वितिय र तृतियले क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाण पत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् ।

नगरपालिकाले यस वर्षदेखि विजेताको लागि १८ तोला चाँदी जडित रनिङ शिल्डकोसमेत व्यवस्था गरेको थियो ।

विजेता विद्यालय तथा विद्यार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले पुरस्कार वितरण गर्नु भयो ।

प्रतियोगिता पुस १३ गतेदेखि वडा नम्बर ८ स्थित सेन्ट जेभियर्स स्कुलमा सुरु भएको थियो । बिर्तामोड नगरपालिका भित्रका ३९ वटा विद्यालयका दुई हजार भन्दा बढी विद्यार्थीले प्रतियोगितामा कराँते, उस्सु, तेक्वान्दो, एथलेटिक्स, भलिवल र कवड्डी विधामा प्रतिस्पर्धा गरेका थिए ।