
काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा मुख्य नेतृत्वले नागरिकको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएकोले आफूले पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छ ।
नेता घिमिरेले सुशासन, विकास र रोजगारीका साथ देशलाई समृद्धीको यात्रामा अघि बढाउने अभियानमा निष्ठाका साथ सधैँ काम गरिरहने बताउनुभएको छ । घिमिरे २०७९ सालको चुनावमा रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।
उहाँ तिलोत्तमा नगरपालिकाको पूर्वमेयर पनि हुनुहुन्छ । नेकपा (एमाले)को हालै सम्पन्न ११औं महाधिवेशनमा केन्द्रीय सदस्यका उमेद्वार घिमिरे पराजित हुनुभएको थियो ।


