२०८२ पौष १४ सोमवार , ०६:२२:२७ बजे

Sajhamanch
'

जाँचबुझ आयोगमा रमेश लेखकले पेस गरेको लिखित जवाफमा के छ (पूर्णपाठसहित)

सोमवार, पौष १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयान दिनु भएको छ ।

उहाँले आयोगमा पदाधिकारीहरूले सोधेको प्रश्नको बयानमार्फत जवाफ दिनुका साथै लिखित रुपमा तयार पारेको जवाफ पनि पेस गर्नु भएको छ।

सोमबार साढे २ घण्टा बयान दिएका उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आफूले गृहमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको विषयमा स्पष्टीकरण दिनुभयो ।

उहाँले आन्दोलनको अघिल्लो दिन सुरक्षा समितिको बैठक बसेको र त्यस बैठकमै आफूले प्रदर्शनमा बल प्रयोग नगर्न भनेको बताउनु भयो ।

‘सुरक्षा निकायलाई मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रुपमा दुई तीन कुरा भनेको थिए- पहिलो, कुनै हताहति (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् । यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला । दोस्रो- समन्वयात्मक रुपमा शान्ति सुरक्षाको उचित प्रवन्ध मिलाउनु होला । तेस्रो- यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्व विहीन हुन सक्छ । प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, शतर्कता अपनाउनु होला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो ।’

आयोगमा पेस गरेको जवाफको प्रतिलिपी उहाँले सार्वजनिक पनि गर्नु भएको छ ।

यस्तो छ बयान:

सम्बन्धित खबर