२०८२ पौष १३ आइतवार , ०४:४३:३९ बजे

Sajhamanch
'

मितेरी पुलबाट आवतजावत शुरू, पुस १७ गतेदेखि रसुवागढी नाका सञ्चालनमा ल्याउने तयारी

आइतवार, पौष १३, २०८२

रसुवा । ६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत शुरू भएको छ । बिहान ७ बजेदेखि नेपाली ट्रकका चालक केरुङतर्फ जान शुरू गरेका हुन् ।

नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलिब्रिज सञ्चालनमा आएको र यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने सीमा क्षेत्रका चिनियाँ समकक्षीले जानकारी पठाएका रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।

गएको असार २४ गते अगाडि सामग्री ल्याउन केरुङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत केरुङतर्फ प्रस्थान गरिसकेका सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले बताउनुभयो ।

ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बाढीले बगाउँदा असारदेखि नै व्यापार व्यवसाय बन्द छ । ल्हेन्दे खोलाको बाढीले टिमुरेमा रहेको भोटेकोशी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाहमा क्षति हुनुका साथै रसुवागढी–स्याफ्रुबेँसी १६ किमी सडक विभिन्न ठाउँमा नदीले कटान गरेको थियो ।