
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज शनिबार पनि बस्ने भएको छ । केही दिन यता लगातार बसिरहेको बैठक शनिबार पनि हुन लागेको हो ।
शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बसेको र नेताहरुले धारणा राख्ने काम भएको कांग्रेसले जनाएको छ ।
महाधिवेशनको तयारी र निर्वाचनबारे बैठकमा छलफल चलिरहेको छ । आज पनि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।


