२०८२ पौष ११ शुक्रवार , ०३:३९:०७ बजे

Sajhamanch
'

प्रधानमन्त्री कार्कीले बोलाउनु भयो शीर्ष नेताको बैठक

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक बोलाउनु भएको छ।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको संयुक्त बैठक आह्वान गर्नु भएको हो । बैठक शनिबार राखिएको छ ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले खरेलले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको निम्तो दिइसक्नु भएको छ।

उहाँले आजै प्रचण्डलाई पनि भेटेर निम्तो दिने कार्यक्रम छ ।