२०८२ पौष ११ शुक्रवार , १२:१७:०२ बजे

Sajhamanch
'

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालद्वारा राजीनामा

शुक्रवार, पौष ११, २०८२

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले राजीनामा दिएका छन् ।

कटुवालले नेपाल क्रिकेट संघ नेपाल (क्यान) लाई पठाएको राजीनामा पत्रमा नेपाली क्रिकेटको सेवा गर्न पाएको अवसरलाई सम्मान र गौरवको विषय बताएका छन् ।

उनले नेपाली महिला टोलीसँग काम गर्नु आफ्नो व्यावसायिक जीवनको सबैभन्दा अर्थपूर्ण अध्यायहरूमध्ये एक भएको उल्लेख गरेका छन् । क्यान, सहयोगी प्रशिक्षक टोली, खेलाडी तथा सम्पूर्ण सरोकारवालालाई कार्यकालभरि प्राप्त साथ, विश्वास र सहयोगका लागि धन्यवाद दिएका छन् ।

उनले आफ्नो कार्यकालमा प्रदर्शनसँगै अनुशासन, मानसिक मजबुती र नेपाली महिला क्रिकेटको दीर्घकालीन विकासमा पनि जोड दिइएको उल्लेख गरेका छन् ।

टोलीको भविष्यका लागि नयाँ नेतृत्व अन्तर्गत अघि बढ्नु उपयुक्त हुने विश्वासका साथ आफूले पद छोड्ने निर्णय लिएको उनको भनाइ छ । भविष्यमा पनि नेपाली महिला क्रिकेटका समर्थकका रूपमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली महिला क्रिकेटको विकासमा योगदान दिन पाएकोमा आभार व्यक्त गर्दै आफ्नो प्रयासले केही सकारात्मक मूल्य थपिएको आशा पनि व्यक्त गरेका छन् ।