२०८२ पौष ९ बुधवार , ०५:१९:३२ बजे

Sajhamanch
'

बहुदरमाई नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुस्तफासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

बुधवार, पौष ९, २०८२

काठमाडौं । पर्साको बहुदरमाई नगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत मुस्तफा, नगरपालिकाका सह–लेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक सञ्जयकुमार साहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले आर्थिक वर्ष २०७९/८० मा वडा नम्बर को पानीट्याङ्की प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मतका लागि कुनै पनि बोलपत्रको सूचना प्रकाशन नगरेको, मिलेमतोमा झुट्टा बिल, भरपाई बनाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले उनीहरूविरुद्ध जनही ६५ हजार रुपैयाँ मागदाबी गरेको छ ।