
झापा । युक्रेनमा युद्ध अन्त्य गर्ने योजनालाई लिएर अमेरिकासँगको वार्तामा प्रगति भएको तर यो प्रगति निकै ढिलो भएको भन्दै वार्ताले गतिरोध तोड्न नसकेको रुसले दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग छुट्टाछुट्टै वार्ताका लागि रुस र युक्रेन दुवैले वार्ताकारहरू फ्लोरिडा शहरमा पठाएपछि रूसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले प्रगति सुस्त भइरहेको बताउनुभएको हो ।
विटकोफले दुवै पक्षसँग रचनात्मक छलफल भइरहेको भन्दै वार्ताको प्रशंसा गर्नुभएको छ भने त्यहाँ कुनै सफलताको सङ्केत भने नदेखिएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।
गएको महिना वाशिङ्गटनले क्रेमलिनको मागलाई प्रतिध्वनित गर्ने प्रस्ताव प्रस्तुत गरेपछि यी बैठकहरू युद्ध अन्त्य गर्ने योजनालाई लिएर एक हप्ता लामो कूटनीतिक प्रयासको हिस्सा थिए । युक्रेन र युरोपको संलग्नतापछि कागजातलाई पुनः मस्यौदा गरिएको छ । यद्यपि, सामग्री सार्वजनिक रूपमा खुला गरिएको छैन ।


