२०८२ पौष ७ सोमवार , ०२:५८:५२ बजे

Sajhamanch
'

थाइल्यान्ड कम्बोडिया सीमामा फेरि झडप

सोमवार, पौष ७, २०८२

झापा । थाइल्यान्ड र कम्बोडियाको सीमावर्ती क्षेत्रमा फेरि झडप शुरू भएको छ । मलेसियामा शान्ति वार्ता हुनुअघि नै दुईदेशबीच तनाव चर्किएको अल जजिराले जनाएको छ ।

गएको डिसेम्बर ८ देखि फेरि चर्किएको यस द्वन्द्वमा अहिलेसम्म कम्तीमा ४० जनाको ज्यान गएको छ भने दुवै देशका झन्डै १० लाख नागरिक विस्थापित भएका छन् ।

कम्बोडियाले थाइल्यान्डले एफ–१६ लडाकु विमान प्रयोग गरी बान्तेय मेन्चे प्रान्तमा बम प्रहार गरेको र विषालु ग्यास प्रयोग गरेको आरोप लगाएको छ, जबकि थाइल्यान्डले आफू आक्रमणकारी नभएको दाबी गरेको छ ।

सीमावर्ती क्षेत्रमा भारी हतियारको प्रयोग भएको र घरहरूमा क्षति पुगेको रिपोर्ट छ । यसैबीच, मलेसियाको राजधानी क्वालालम्पुरमा हुने आसियान बैठकमा दुवै देशका प्रतिनिधि सहभागी भई युद्धविराम कार्यान्वयन र तनाव न्यूनीकरणका उपायमा छलफल गर्ने अपेक्षा गरिएको छ ।