
झापा । अमेरिकाले भेनेजुएलाबाट प्रस्थान गरेको तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको छ । यो महिनामै दोश्रो पटक अमेरिकाले तटबाट तेल बोक्ने जहाज नियन्त्रणमा लिएको अमेरिकी गृह सुरक्षा विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मङ्गलवार भेनेजुएला प्रवेश गर्ने र बाहिरिने तेल ट्याङ्करमा ‘नाकाबन्दी’ आदेश दिएको बताएपछि पछिल्लो कदम चालिएको हो । भेनेजुएलाले पछिल्लो अमेरिकी कब्जाको निन्दा गरेको छ भने यसलाई चोरी र अपहरण भनेर वर्णन गरेको छ ।
पछिल्ला हप्ताहरुमा अमेरिकाले क्यारिबियन सागरमा आफ्नो सैन्य उपस्थिति बढाइरहेको र भेनेजुएलाको लागूपदार्थ तस्करी गर्ने कथित डुङ्गाहरूमा आक्रमण गर्दा झन्डै १०० जनाको ज्यान गएको छ । अमेरिकाले यी जहाजहरूमा लागूऔषध बोकेको कुनै सार्वजनिक प्रमाण दिएको छैन ।


