२०८२ पौष ६ आइतवार , १२:५९:४९ बजे

Sajhamanch
'

नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट खसे इन्टर्न डाक्टर, उपचारको क्रममा मृत्यु

आइतवार, पौष ६, २०८२

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान ६ः३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए ।

यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर