२०८२ पौष ६ आइतवार , १२:१७:२५ बजे

Sajhamanch
'

मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन

आइतवार, पौष ६, २०८२

जनकपुरधाम । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुने भएको छ । मधेस प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा (एमाले)बाट प्रदेश सांसद त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराउनु भएको छ।

यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेनु भएको छ।

त्रिलोकी समर्थकमा जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा रहेनु भएको छ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्ने कार्यतालिका छ ।

सम्बन्धित खबर