२०८२ पौष ३ बिहिवार , ०३:२०:४४ बजे

Sajhamanch
'

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक विजयी

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५६४ मत प्राप्त गर्नुभएको छ ।

केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँ काठमाडौंमा २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

त्यसपछि २०७८ सालमा चितवनमा भएको सौरहा महाधिवेशनबाट उहाँ दोस्रो पटक अध्यक्ष चुनिनुभयो । २०६५ सालमा काठमाडौंमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित हुनुभएको थियो ।

पूर्वमहासचिवसमेत रहनुभएका ईश्वर पोखरेलले भने अध्यक्ष पदका लागि पहिलो पटक प्रतिस्पर्धा गर्नुभएको हो ।

यस्तै एमाले महासचिवमा शङ्कर पोखरेल निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि महासचिव हुनुहुन्थ्यो । पोखरेलले १ हजार २२८ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गर्नुभएको छ ।

सम्बन्धित खबर