२०८२ पौष ३ बिहिवार , ०८:४४:२१ बजे

Sajhamanch
'

एमाले मतगणना अपडेट : परिणाम आउन ३ घण्टा लाग्ने, दुवैतर्फका ५/५ प्रतिनिधि बस्ने

बिहिवार, पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा अन्तिम मतपरिणाम आउनेछ ।

आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मतगणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५/५ जना प्रतिनिधि राखिएको छ ।

‘हामीले मतगणना प्रारम्भ गरेका छौं । मतगणनाका लागि एउटा व्यवस्था गरेका छौं । दुइवटै उम्मेदवारको तर्फबाट ५’५ जना प्रतिनिधि राखेका छौं,’ उहाँले भन्नुभयो ।

ती प्रतिनिधिहरूमा राजनीतिक व्यक्तित्वको रुपमा २ र अरु प्राविधिकको रुपमा २ जना पनि राखिएको उहाँले बताउनु भयो । ‘अन्य एसिस्टेन्टको रुपमा पनि राखेका छौं । मेसिनका प्राविधिक र निर्वाचन आयोगका सदस्य हुनुहुन्छ,’ पोखरेलले भन्नुभयो ।

प्राविधिकले दिएको जानकारी अनुसार, सबै मतपरिणाम सार्वजनिक गर्नका लागि ३ घण्टा लाग्ने उहाँले जानकारी दिनुभयो । जसका लागि १० वटा बुथको स्थापना गरिएको छ ।

सम्बन्धित खबर