२०८२ पौष २ बुधवार , ०३:१७:३७ बजे

Sajhamanch
'

नयाँ जनभावना अनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँ : प्रधानमन्त्री कार्की

बुधवार, पौष २, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफूहरु आतुर रहेको बताउनु भएको छ।

ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवस समारोहमा सम्बोधनको क्रममा यस्तो बताउनु भएको हो । उहाँले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउँदै निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ-आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले सरकार सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेको जानकारी दिँदै आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको बताउनु भयो ।

उहाँले खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै आवश्यक हुने भन्दै सबैले हातोमालो गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एक मात्र विकल्प भनेको निर्वाचन नै हो। म थप स्पष्ट पार्न चाहन्छु, समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनुहुँदैन। शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ। खराब तत्त्वको प्रतिरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ। आउनुहोस्, यसमा हातेमालो गरौँ।’

सम्बन्धित खबर