२०८२ पौष ३ बिहिवार , १०:३९:५७ बजे

Sajhamanch
'

फागुन २१ को चुनावका लागि ७० प्रतिशत काम सम्पन्न : निर्वाचन आयोग

बुधवार, पौष २, २०८२

काठमाडौं । आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावको लागि ७० प्रतिशत तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

चुनाव केन्द्रित रहेर आयोगले सरकारका मन्त्रीसहित गरेको छलफलमा कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ७० प्रतिशत काम सम्पन्न भएको र तोकिएकै समयमा सम्पन्न गर्नका लागि आफूहरु लागिपरेको बताउनुभयो । निश्चित प्रक्रिया पूरा गरेर चुनाव सम्पन्न गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा खर्चको नियन्त्रणसम्बन्धी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राख्नुभएको जिज्ञासामा भण्डारीले मितव्ययी ढङ्गले खर्च गर्न आयोग सचेत रहेको बताउनुभयो । दल र दलका उम्मेदवारले गर्ने खर्चको हकमा पनि कडाइका साथ सीमा तोक्ने उहाँले बताउनुभयो ।

उम्मेदवारले गर्ने खर्चको सवालमा उम्मेदवारको भूगोल र निर्वाचन क्षेत्रको मतदाताको सङ्ख्याको आधारमा खर्च गर्न दिने गरिएको कार्यवाहक निर्वाचन आयुक्त भण्डारीको भनाइ छ ।

सम्बन्धित खबर