२०८२ पौष २ बुधवार , ११:३९:२२ बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्पको मानहानी मुद्दाविरुद्ध बीबीसी अदालत जाने तयारीमा

बुधवार, पौष २, २०८२

झापा । बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको १० अर्ब डलरको मुद्दालाई अदालतमा सामना गर्ने भएको छ । बीबीसीले यो मुद्दा लड्ने स्पष्ट निर्णय गरेको र आफ्नो पत्रकारिताको रक्षा गर्ने जनाएको छ ।

यसअघि ट्रम्पले बीबीसीले जानाजानी आफूलाई हानि पुर्याएको आरोप लगाउनुभएको छ । सन् २०२४ को राष्ट्रपतीय चुनावअघि बीबीसीको प्रमुख समसामयिक कार्यक्रम ‘प्यानोरामा’ मा वृत्तचित्र प्रसारण गरिएको थियो ।

भिडियोमा राष्ट्रपति ट्रम्पका भाषणका दुई फरक–फरक अंशलाई एकसाथ जोडिएको देखिन्छ, जसले उहाँले आफ्ना समर्थकहरूलाई क्यापिटलमा आक्रमण गर्न प्रत्यक्ष रूपमा आग्रह गरेको जस्तो देखाउने प्रयास गरिएको आरोप लगाइएको छ ।

तर बीबीसीले त्यो डकुमेन्ट्री अमेरिका भित्र प्रसारण नभएको, विवादित १२ सेकेन्डको क्लिपमा त्रुटि भएको र अमेरिकी दर्शकसम्म प्रभाव पुगेको प्रमाण कमजोर रहेको जनाएको दाबी गरेको छ ।

कानुनी लडाइँमा ५० देखि १०० मिलियन डलर सम्म खर्च हुन सक्ने भएपनि बीबीसीले सम्झौता भन्दा अदालत मार्फत स्पष्टता खोज्ने संकेत दिएको छ । यसले बीबीसीको ब्रान्ड र प्रेस स्वतन्त्रताको सन्देश बलियो बनाउने उसको तर्क पनि छ ।