
झापा । अस्ट्रेलियाली प्रहरीले न्यु साउथ वेल्स राज्यको सिड्नीमा बोन्डी बिच (समुद्री तट) मा भएको गोलीकाण्डमा संलग्न दुई जना बन्दुकधारी इस्लामिक स्टेटबाट प्रेरित रहेको बताएको छ ।
उनीहरूले समुद्री तटमा आक्रमण गर्नुभन्दा एक महिनाअघि फिलिपिन्सको यात्रा गरेका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
यहुदी चाड हानकामा सहभागीहरूलाई लक्षित गरी दुई जना बन्दुकधारीले गरेको आक्रमणमा १५ जनाको ज्यान गएको थियो । यस्तै सिड्नीको धेरै अस्पतालहरूमा अझै पनि २४ जना बिरामी उपचाररत छन् ।
आइतवार भएको आक्रमण अस्ट्रेलियामा झन्डै ३० वर्षमा भएको सबैभन्दा ठूलो गोलीकाण्ड थियो । प्रहरीले यो घटनालाई यहूदी समुदायलाई लक्षित गरि गरिएको आतङ्कवादी आक्रमण भनेको छ ।
आक्रमणकारीहरूको नाम ५० वर्षीय साजिद अक्रम र उनका २४ वर्षीय छोरा नभीद रहेको खुलेको छ । अस्ट्रेलियाली प्रहरीले दुवै जनाले गएको महिना फिलिपिन्सको यात्रा गरेका र यात्राको उद्देश्य अनुसन्धान भइरहेको बताएको छ ।
फिलिपिन्सका अध्यागमन अधिकारीहरूले दुवै जनाले नोभेम्बर १ मा मनिला र त्यसपछि दाभाओको यात्रा गरेको र सिड्नी गोलीकाण्ड हुनुभन्दा केही हप्ताअघि नोभेम्बर २८ मा त्यहाँबाट निस्केको बताएका छन् ।


