२०८२ मंसिर २९ सोमवार , ०५:०४:४५ बजे

Sajhamanch
'

अस्ट्रेलियाको समुद्री तटमा १५ जनाको हत्या गर्ने बाबु र छोराको नाम सार्वजनिक

सोमवार, मंसिर २९, २०८२

झापा । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीमा बोन्डी बिच (समुद्री तट) मा भएको गोलीकाण्डमा संलग्न आक्रमणकारीहरूको बारेमा नयाँ जानकारी सार्वजनिक भएको छ ।

आक्रमणकारीहरूको नाम ५० वर्षीय साजिद अक्रम र उनका २४ वर्षीय छोरा नभीद रहेको स्थानीय सञ्चारमाध्मयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

समुद्री तटमा हिजो भएको आक्रमणमा १० वर्षीया बालिकासहित १५ जनाको ज्यान गएको पुष्टि भएको छ । घटनामा आक्रमणकारीमध्ये ५० वर्षीय व्यक्तिको पनि ज्यान गएको छ । उनीसँग हातियारको लाइसेन्स रहेको खुलेको छ । घटनापछि घटनास्थलमा ड्युटीमा रहेका प्रहरीहरूसहित ४२ जनालाई अस्पताल लगिएको थियो ।

प्रहरीले यो घटनालाई यहूदी समुदायलाई लक्षित गरि गरिएको आतङ्कवादी आक्रमण भनेको छ ।

यसैबीच यो गोलीकाण्डलाई लिएर अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजले कडा बन्दुक कानूनका लागि जोड दिने बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकको एजेन्डामा प्रधानमन्त्री अल्बानीजले कडा बन्दुक कानूनको आवश्यकता रहेको उल्लेख गर्नुभएको खबरमा उल्लेख छ । यसमा व्यक्तिहरूले प्रयोग गर्न सक्ने वा इजाजतपत्र प्राप्त गर्न सक्ने बन्दुकको सङ्ख्यामा सीमा, समय अवधिमा इजाजतपत्रहरूको समीक्षा समावेश रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित खबर