
काठमाडौं । एमाले महाधिवेशनमा केपी ओलीको समूहबाट पदाधिकारीमा प्रस्तावित नाममध्ये लेखराज भट्ट र भानुभक्त ढकालको नाम तलमाथि भएको छ ।
लेखरार भट्टलाई सचिव पद दोहोर्याउन नमानेपछि ओली समूहले यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिव बनाउन लागेको हो ।
भट्टले टिमबाटै अब उपमहासचिव पदको उम्मेदवार बन्न लागेको जानकारी दिनुभयो । ‘ म अब उपमहासचिव पदको उम्मेदवारी दिन्छु’, उहाँले भन्नुभयो ।
माओवादी धारबाट आएका उहाँ दशौं महाधिवेशनमा सचिव हुनुभएको थियो। तर, उपमहासचिवमा यसअघि पदाधिकारीमै नरहेका भानुभक्त ढकाललाई ओली टिमबाट अघि सारेपछि असन्तुष्टि बढेको थियो ।।


