२०८२ मंसिर २८ आइतवार , ०९:३१:५२ बजे

Sajhamanch
'

एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, पदाधिकारी १९, स्थायी कमिटी यथावत

आइतवार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा (एमाले)ले विरोधका बीच विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । पदाधिकारी र स्थायी कमिटीको संख्या पुरानै कायम गरिएको छ । विधान महाधिवेशनले पदाधिकारीको संख्या १५ र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले आजको बैठकमा पदाधिकारी बढाउनुपर्ने दबाब रहेको भन्दै केन्द्रीय कमिटीको आकार बनाउने प्रस्ताव राख्नु भएको थियो । सोही अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना बनाइएको छ ।

कुल ३०१ सदस्यीय केन्द्रीय कमिटीको एक तिहाइ पोलिटब्युरो र पोलिटव्युरो सदस्य संख्याको एक तिहाइ स्थायी कमिटी सदस्य बनाइने छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी पहिले ३०१ सदस्यीय नै थियो । तर, गत भदौमा भएको विधान महाधिवेशनबाट २५१ सदस्यीय बनाइएको थियो । त्यत्रो मिहिनेत र खर्च गरेर विधान महाधिवेशनबाट टुंगो लगाइसकेको विषयलाई अहिले फेरि संशोधन गर्न खोजिएको भन्दै कतिपयले विरोध जनाएका थिए ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बदलिएको परिस्थितिले अंक बढाऊ नभनेको बताउनु भयो। उहाँले संख्या बढाउँदैमा एमालेको क्षमता बढ्ने के ग्यारेन्टी छ भनेर प्रश्न समेत गर्नुभयो । ‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन । बदलिएको परिस्थितिले त हामीलाई बदलेऊ भनेर जबरजस्त सन्देश दिएको छ । के संख्या बढाएर क्षमता बढ्छ भने अस्तिको हाम्रो क्षमता जचिएन ?’

उहाँले भन्नुभयो, ‘दुई कार्यकालबारे पनि कुरा उठेको छ, यसबारे छलफल नहुने ? अरु बाहेक हुने ? यस्तो तर्कले हामीलाई कता पुर्‍याउँछ ।’

सम्बन्धित खबर