२०८२ मंसिर २६ शुक्रवार , ०६:०२:५९ बजे

Sajhamanch
'

निर्वाधरुपमा निर्वाचन सम्पन्न गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक छ : राष्ट्रपति

शुक्रवार, मंसिर २६, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्ननिर्वाचनलाई निर्वाधरुपमा सम्पन्न गरी अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताउनु भएको छ।

शुक्रबार शितल निवासमा नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको बिकासका लागि तोकिएको समयमा निर्वाचन गरि अहिलेको अवस्थालाई सहज रुपमा निकास दिन आवश्यक रहेको बताउनु भएको हो ।

बिभिन्न दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने उहाँले बताउनु भयो । उहाँले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताउनु भयो ।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीहरूको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताउनु भयो ।

कार्यक्रममा सेनानी सङ्घका पदाधिकारीले बिभिन्न मागपत्र राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नु भएको थियो । राष्ट्रपति पौडेलले माग पुरा गर्न आफुसंग कार्यकारी अधिकार नरहेपनि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

सम्बन्धित खबर