
काठमाडौं । सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन परिचालन केन्द्रित नीति तर्जुमा गरेको छ ।
आज काठमाडौंमा भएको पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलले आउँदो प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षा कार्यमा आफ्नो परिचालन नीति तर्जुमा गरिएको जानकारी दिएको हो ।
सबै निर्वाचन क्षेत्रहरुमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, चुनावी सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मक रूपमा परिचालित हुनेलगायत नीतिमा उल्लेख छ ।
सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवम् प्रवक्ता डीआईजी मनिष थापाले चुनावको एक महिनाअघिदेखि नै आवश्यक बन्दोबस्तीका सामग्री तथा गाडीसहित खटिने बताउनुभयो ।


