२०८२ मंसिर २५ बिहिवार , ०३:४९:३० बजे

Sajhamanch
'

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गोल्ड कार्ड आप्रवासन भिसा सार्वजनिक

बिहिवार, मंसिर २५, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक गर्नुभएको छ । जसका लागि कम्तीमा पनि १० लाख अमेरिकी डलर रकम भुक्तान गर्ने विदेशीहरुलाई अमेरिकाले आप्रवासन भिसा दिनेछ ।

ट्रम्पले हिजो आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा गोल्ड कार्ड सबै योग्य मानिसका लागि अमेरिका प्रवेशको सहज बाटो हुने उल्लेख गर्नुभएको छ ।

यसै वर्षको शुरूआतमा ट्रम्पले गोल्ड कार्डको घोषणा गर्नुभएको थियो । आधिकारिक वेबसाइटका अनुसार यो भिसा अमेरिकालाई महत्त्वपूर्ण लाभ पुर्याउने व्यक्तिलाई दिईने छ ।

सम्बन्धित खबर