२०८२ मंसिर २४, मङ्गलवार , ०५:४६:५३ बजे

Sajhamanch
'

राप्रपाकी मधेश सांसद कञ्चन बिच्छालाई पदबाट नहटाउन सर्वोच्चको आदेश

मङ्गलवार, मंसिर २४, २०८२

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासले बिच्छालाई प्रदेशसभा सदस्यको हैसियतले नियमित कार्य गर्नबाट बञ्चित नगर्नु भनी अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले उनलाई पदबाट हटाउनु पर्ने भनी राप्रपाले मधेश प्रदेशसभामा पेश गरेको पत्र कार्यान्वयन नगर्न/नगराउन भनी आदेश समेत दिएको छ ।

सर्वोच्च अदालतले उनले पद त्याग नगरेको अनि उनलाई गरिएको अनुशासनको कारबाही कानुन अनुकूल रहेरनरहेको भन्नेबारे पछि परीक्षण हुने भन्दै अहिलेलाई पदमुक्त गर्न नमिल्ने आदेश गरेको हो ।

सम्बन्धित खबर