
झापा । थाइल्यान्ड र क्याम्बोडियाबीच लामो समयदेखि चलिरहेको सीमामा तनाव फेरि चर्किएसँगै दुईदेशबीच गोलाबारी चलिरहेको छ ।
क्याम्बोडियाले गएराति थाई सेनाद्वारा गरेको आक्रमणमा थप दुई निर्दोष नागरिकको ज्यान गएको जनाएको छ । योसँगै ज्यान गुमाउनेको संख्या सात पुगेको छ । युद्धको त्रासपछि हजारौ सिमा क्षेत्रका नागरिकले आफ्नो ठाउँ छाडेका बीबीसीले जनाएको छ ।
थाई पक्षले पनि कम्तीमा एक सैनिकका ज्यान गएको पुष्टि गरेको छ । दुवै देशले एक–अर्कालाई युद्ध शुरू गरेको आरोप लगाइरहेका छन् । यस तनावले यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा गएको जुलाईमा गरिएको युद्धविरामलाई पूर्ण रूपमा विफल पारिदिएको छ ।
ट्रम्पले त्यतिबेला सीमा विवाद अन्त्य गराएको दाबी गर्नुभएको थियो र क्याम्बोडियाले ट्रम्पको भूमिकालाई प्रशंसा गर्दै नोबेल शान्ति पुरस्कारका लागि समेत नाम सिफारिस गरेको थियो । दुईदेशबीचको तनाबले फेरि एकपटक क्षेत्रीय युद्धको तनाब बढाएको छ ।


