
झापा । शनिवार मध्यरातमा भारत गोवाको एक व्यस्त नाइट क्लबमा भएको आगलागीमा परी दुई जना झापाली युवाको मृत्यु छ ।
घटनामा झापाको भद्रपुर नगरपालिका ३ गोलेचोकका सविन खातीको र कचनकवल गाउँपालिका बगान, नयाँ बजारका १९ वर्षीय सुदीप गुरुङ रहेको जनाइएको छ । सुदीप होटेल मेनेन्मेट अध्ययनका लागि तिहारपछि गोवा गएको कचनकवल २ का वडाध्यक्ष लेखनाथ खत्रीले बताउनु भयो ।
सविन केही वर्ष अघिदेखि सो नाइट क्लबमा सेफको रूपमा कार्यरत रहेको बुझिएको छ । सविन लामो समयदेखि गोवाका होटेल तथा क्लब क्षेत्रमा कार्यरत थिए । घटनामा सुदीपको मृत्यु भएको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले बताउनु भयो ।
सो घटनामा चार नेपाली २५ जनाको मृत्यु भएको छ। तीमध्ये चार जना नेपालीको मृत्यु भएको भारती सुरक्षा अधिकारीले जनाएका छन् । घटनामा मृत्यु हुने अन्य दुई नेपालीको नाम, वतन खुल्न सकेको छैन।
फायर शो चलिरहेको बेला आगलागी हुँदा क्लबमा अत्यधिक भीड भएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् । सुरु भएको केही मिनेटमै आगो र धुवाँ फैलँदा सो मानवीय क्षति भएको भारती अधिकारीहरूले जनाएका छन्।


