२०८२ मंसिर २४, मङ्गलवार , ११:१५:३१ बजे

Sajhamanch
'

एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर खेल्दै

मङ्गलवार, मंसिर २४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग, एनपीएल क्रिकेटको प्लेअफ आजदेखि शुरू हुँदैछ । पहिलो क्वालिफायरमा आज अंकतालिकाको शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्दैछन् ।

खेल दिउँसो ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ । अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको हो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।

आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको खेल भोलि दिउँसो ४ बजे हुनेछ ।

आज पराजित हुने टोलीले भोलिको इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । भोलि इलिमिनेटरमा जित्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्न पाउनेछ भने पराजित हुने टोली बाहिरिनेछ ।

दोस्रो क्वालिफायर आउँदो बिहीवार हुनेछ । दोस्रो संस्करणको एनपीएलको फाइनल खेल आउँदो शनिवार हुनेछ । एनपीएलका कुल ३२ मध्ये लिग चरणका १९ वटा खेल फ्लडलाइटमा भए । अबका ४ वटै खेल पनि फ्लडलाइटमा नै हुनेछन् ।

सम्बन्धित खबर