
झापा । थाइल्यान्डले कम्बोडियासँगको विवादित सीमामा हवाई आक्रमण शुरू गरेको जनाएको छ । आज बिहान थाइल्यान्डका सैनिकहरूले कम्बोडियाली आक्रमणको सामना गर्दा दुई सैनिकको ज्यान गएको र चार जना घाइते भएको बताएका छन् ।
कम्बोडियाले भने आक्रमण थाइल्यान्डले नै गरेको दाबी गरेको छ । यी दुवै देशले जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुटाएको सम्झौता उल्लंघन गरेको आरोप एक अर्कालाई लगाएका छन् । जुलाईमा शुरू भएको पाँच दिनको सीमा युद्धमा कम्तीमा ४८ जनाको ज्यान गएको थियो भने ३ लाख मानिस विस्थापित भएका थिए ।
थाइल्यान्ड–कम्बोडिया सीमा विवाद चर्किदै गएपछि क्षेत्रीय सुरक्षा चुनौती बढाएको भन्दै अन्तर्राष्ट्रिय समुदायमा चाँसो बढेको छ ।


