२०८२ मंसिर २३, सोमवार , १०:५१:१९ बजे

Sajhamanch
'

११४ वटा दलले चुनावमा भाग लिने, १०७ वटा चुनाव चिह्न प्रदान (कसको चिह्न के)

सोमवार, मंसिर २३, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा ११४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।

१२० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये १०२ वटालाई एक्ला एक्लै र १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने गरी चुनाव चिह्न दिइएको आयोगले जनाएको छ ।

आयोगक अनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी चुनावमा भाग लिनेछन् । यस आधारमा कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

चुनावका लागि १२० निवेदन परेकोमा १३ वटा खारेज भएको छ । आयोगले प्रदान गरेका चुनाव चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् ।

सम्बन्धित खबर