२०८२ मंसिर २२, आइतवार , ०१:५३:१६ बजे

Sajhamanch
'

भारतको गोवामा रहेको नाइटक्लबमा आगलागी : २३ जनाको ज्यान गयो

आइतवार, मंसिर २२, २०८२

झापा । भारतको गोवामा रहेको एक नाइटक्लबमा गएराति भएको आगलागीमा कम्तीमा २३ जनाको ज्यान गएको छ । प्रहरीले ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेमा धेरैजसो क्लबका कर्मचारी रहेका छन् । अरू केही पर्यटक पनि छन् । उत्तरी गोवाको अर्पोरा क्षेत्रमा रहेको क्लबमा आगलागी भएको हो ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये धेरैजना नाइटक्लबको भान्छाका कर्मचारी रहेका बताउनुभएको छ । आगलागीपछि स्थानिय प्रहरीले अनुसन्धान थालेको छ ।

सम्बन्धित खबर