२०८२ मंसिर २०, शुक्रवार , ११:३३:३९ बजे

Sajhamanch
'

रूसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत

शुक्रवार, मंसिर २०, २०८२

झापा । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका क्रममा नयाँ दिल्ली आईपुग्नु भएको छ । राष्ट्रपति पुटिन हिजो साँझ पालम विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँको स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुग्नु भएको बीबीसी हिन्दीले जनाएको छ ।

पुटिनको यो भ्रमण भारत र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण रहेको समयमा भएको हो । आज प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा पुटिन र उहाँको प्रतिनिधिमण्डलका लागि दिवाभोज आयोजना गर्नुभएको छ ।

भ्रमणको क्रममा द्विपक्षीय रणनीतिक र आर्थिक साझेदारीलाई विस्तार गर्ने, रक्षा सहयोग बढाउने, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने रहेको छ ।

रूसी राष्ट्रपतिको भारत भ्रमणलाई पश्चिमी देशहरूले निकै चासोका साथ हेरेको विश्लेषण भइरहेको छ । भारत र रूसबीचको २३औँ शिखर सम्मेलनपछि दुवै पक्षले व्यापारलगायत धेरै क्षेत्रमा सम्झौता गर्न सक्ने अनुमान छ । झन्डै २८ घण्टाको भारत बसाईपछि पुटिन आज राति साढे ९ बजे फर्कने कार्यतालिका छ ।

यसैबीच रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी डोनबास क्षेत्रबाट युक्रेनी सेना नहटे रूसी फौजले बलपूर्वक हटाउने चेतावनी दिनुभएको छ । भारत टुडेसँगको अन्तर्वार्ताका क्रममा उहाँले युक्रेनसँगको कुनै सम्झौता स्वीकार्य नभएको स्पष्ट पार्नुभयो । अहिले डोनबासको झन्डै ८५ प्रतिशत भूभाग क्षेत्र रूसको नियन्त्रणमा छ ।

सम्बन्धित खबर