२०८२ मंसिर १७, मङ्गलवार , ०४:०६:३४ बजे

Sajhamanch
'

एनपीएल क्रिकेटमा चितवनलाई ६ विकेटले हराउँदै जनकपुरको पहिलो जीत

मङ्गलवार, मंसिर १७, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ ।

चितवनले दिएको १ ७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । जनकपुरका अनिल शाह र माझ सदाकतले अर्धशतकीय पारी खेले । सदाकतले ६३ र शाहले ६१ रन जोडे ।

चितवनका सोहिल तन्विर, कमलसिह ऐरी र अमरसिंह रौटेलाले एक–एक विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । चितवनका डेविड मलान र अर्जुन साउदले अर्धशतकीय पारी खेले ।

मलानले ५४ बलमा सर्वाधिक ८० रन र साउदले ३९ बलमा ५२ रन जोडे । एनपीएलको पहिलो संस्करण विजेता जनकपुरको दोस्रो संस्करणमा यो पहिलो जीत हो । पाँच खेलमध्ये पहिलो जीत हात पारेर तालिकाको सातौं नम्बरमा रहेको जनकपुरको ‘प्लेअफ’मा पुग्ने गणितिय सम्भावना रहेको छ ।

पाँचमध्ये दुई खेल जितेको चितवन तालिकाको चौथो स्थानमा छ । आजको दोस्रो खेलमा दिउँसो चार बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सले खेल्दैछन् । यहि मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता आउँदो २७ गतेसम्म चल्नेछ ।

सम्बन्धित खबर