
काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका एक सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ । दोहा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेसँगै तिवारीलाई तीन महिनाका लागि निलम्बन गरिएको नेपाल एयरलाइन्स स्रोतले जनाएको छ । प्रहरीका अनुसार तिवारीको साथबाट आठ तोला (लगभग ९३.३ ग्राम) सुन बरामद भएको छ ।
यो घटना नोभेम्बर २९ मा भएको हो । तिवारी दोहाबाट काठमाडौँका लागि उडान भर्न लागेको उडान नम्बर आरए २४० को चालक दलका सदस्य थिए । दोहा विमानस्थलमा भन्सार जाँचका क्रममा उनीबाट उक्त सुन फेला परेको थियो ।
यस घटनाका कारण उडान आरए २४० करिब ३५ मिनेट ढिलो भएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले घटनाको पुष्टि गर्नु भएके छ ।
यता, नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भन्नुभयो यस विषयमा आफूलाई आधिकारिक रूपमा जानकारी नआएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मलाई आधिकारिक रूपमा यसबारे जानकारी छैन । आधिकारिक नभई मैले बोल्न मिल्दैन ।’


