२०८२ मंसिर २०, शुक्रवार , ०३:१४:२१ बजे

Sajhamanch
'

प्रकाश एकता कृषि सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा कार्की

शनिवार, मंसिर १४, २०८२

भद्रपुर । प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ९ को १८औं वार्षिक साधारण सभाबाट चन्द्रबहादुर कार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

चार वर्षे कार्यकालका लगि चयन भएको सञ्चालक समितिको उपाध्यक्ष शालिग्राम नेपाल, सचिव दिवाकर मैनाली र कोषाध्यक्षमा यामप्रसाद खरेल निर्विरोध चयन भएका हुन् ।

यसैगरी सदस्यहरूमा क्रमशः शिवप्रसाद सापकोटा, ऋषिराम सुवेदी, दुर्गा सुवेदी, माया केसी रिजाल र शारदा दाहाल छनौट भएका छन् ।

सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा अग्रज तथा उत्कृष्ट व्यक्तित्व सम्मानसहित उद्घाटन सत्र सम्पन्न गरिएको थियो ।

अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिको उन्नतिका लागि कृषक केन्द्रित कार्य योजना प्रस्तुत गरेका थिए भने सचिव शालिग्राम नेपालले सञ्चालन गरेको कार्यक्रममा नुतन ढकालले स्वागत गरेकी थिइन् ।

सम्बन्धित खबर