२०८२ मंसिर १३, शुक्रवार , ०२:०६:०५ बजे

Sajhamanch
'

काठमान्डुले दियो चितवनलाई १४३ रनको लक्ष्य

शुक्रवार, मंसिर १३, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा १४२ रन बनाउँदा सबै विकेट गुमायो । काठमान्डुका जोन सिम्पसोनले ६० रन बनाए । चितवनका सोहेल तनभिरले ४ विकेट लिए ।

चितवन तीन खेलमा ४ अङ्कसहित तालिकाको तेस्रो र काठमान्डु तीन खेलमा ४ अङ्कसहित चौथो स्थानमा छ ।

एनपीएलको दोस्रो स्थानमा आजै दिउँसो ४ बजे दोस्रो स्थानको विराटनगर किङ्ग्स र पाँचौं स्थानको कर्णाली याक्स खेल्दैछन् । विराटनगरले चार खेलमा ६ अङ्क र कर्णालीले तीन खेलमा २ अङ्क जोडेको छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ ।

सम्बन्धित खबर