२०८२ मंसिर १३, शुक्रवार , १०:३१:३८ बजे

Sajhamanch
'

एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै

शुक्रवार, मंसिर १३, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच हुनेछ । दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।

करण केसीको कप्तानीमा रहेको काठमाण्डुले आज सिजनको पाँचौं खेल खेल्दैछ भने कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको आजको खेल चौथो हो । दुवै टोलीले अहिलेसम्म दुई–दुई खेल जितेका छन् । अंक तालिकामा पाँचौं स्थानमा रहेको कर्णाली याक्सले अहिलेसम्म तीन खेल खेल्दा एक खेलमा मात्र जित निकालेको छ ।

कर्णाली २ अंकसँगै तालिकाको पाँचौं स्थानमा छ । चितवन र काठमाण्डुबीचको आजको खेलको विजेताले प्लेअफको सम्भावना बलियो बनाउनेछ । दुवै टोलीको ४–४ अंक छ । यस सिजनमा काठमाण्डौको रनरेट केही कमजोर देखिएको छ ।

आजै हुने दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर फेरि जितको लयमा फर्किने रणनीतिमा छ । लगातार तीन खेलमा जित निकालिसकेको विराटनगर यसअघि अस्ति बुधवार चितवनसँग पराजित भयो ।

यस्तै सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले पहिलो खेलमा जित निकाल्दै उत्साहजनक शुरूवात गरेको थियो । तर त्यसपछि लगातार दुई खेल पराजित भयो । आजको खेलमा कर्णाली जित हासिल निकाल्ने उद्देश्य सहित मैदानमा उत्रदैछ ।

सम्बन्धित खबर