२०८२ मंसिर ११, बुधवार , १०:४९:३५ बजे

Sajhamanch
'

अमेरिकी शान्ति योजनामा युक्रेनको सहमति स् ट्रम्पले छिट्टै पुटिन र जेलेन्स्कीसँग भेट्ने

बुधवार, मंसिर ११, २०८२

झापा । रूस–युक्रेन युद्ध अन्त्य गर्न तयार गरिएको अमेरिकी शान्ति योजनामा युक्रेनले सहमति जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग ‘समझदारी’ बनेको पुष्टि गर्नुभएको बीबीसीले जनाएको छ ।

गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८ बुँदाको शान्ति प्रस्ताव अघि सार्नुभएको थियो । यो प्रस्तावमा छलफल गरी अद्यावधिक समेत गरिएको छ । ट्रम्पले ट्रुथ सोसलमार्फत् जानकारी दिँदै प्रारम्भिक अमेरिकी प्रस्तावमा दुवै पक्षका सुझावहरू समेटिएको र केही मात्र विवादित मुद्दाहरू बाँकी रहेका बताउनुभएको छ ।

ट्रम्पका अनुसार, शान्ति योजना अन्तिम चरणमा पुगेपछि मात्रै उहाँ रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्की दुवैसँग प्रत्यक्ष भेटवार्तामा जुट्नुहुनेछ । ट्रम्पले विशेष दूत स्टीभ विट्कफलाई मस्को पठाई पुटिनसँग छलफल गर्न भन्नुभएको छ ।

तर, रूसले नयाँ मस्यौदाबारे आफूसँग छलफल नभएको भन्दै केही शंका व्यक्त गरेको खबरमा उल्लेख छ । रूसी विदेश मन्त्री सर्गेई लावरोभले प्रारम्भिक अमेरिकी फ्रेमवर्कमा रूस सकारात्मक रहे पनि यसमा केही तलमाथिको अवस्था राम्रो नहुने बताउनुभएको छ ।

सम्बन्धित खबर