
झापा । अमेरिकाको विरोधकाबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।
पहिलोपटक अफ्रिकी महादेशमा हिजो भएको सम्मेलनमा दक्षिण अफ्रिकाले अमेरिका र अर्जेन्टिना बाहेक सबै सदस्य देशलाई संयुक्त घोषणापत्रमा सहमत गराउन सफल भएको रोयर्टसले जनाएको छ ।
धेरैले घोषणापत्र नआउने अनुमान गरे पनि अन्ततः गरिब राष्ट्रलाई परिवर्तनको दबाब र बाह्य ऋण संकट सामना गर्न सहयोग गर्ने प्रतिबद्धता घोषणा पत्रमा समावेश भएको छ । पहिलो पटक जातीय असमानताबारे छुट्टै समूह बनाउने प्रस्ताव पनि अघि सारियो, जसले जी–२० को कमजोर हुँदै गएको प्रभाव फेरि बलियो बन्दै गएको संकेत दिएको छ ।
तर यो कदम अमेरिकालाई मन नपरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाले पनि दक्षिण अफ्रिकाले जी–२० को सर्वसम्मत सिद्धान्त कमजोर पारेको आरोप लगाएको छ । उसले आउँदो वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा संगठनको ‘वैधता पुनस्र्थापना’ गर्ने घोषणा गरेको छ ।
यद्यपि, सबै दबाब र मतभेदकाबीच तयार भएको संयुक्त घोषणाले जी–२० भित्र बहुपक्षीय सहयोग अझै जीवित र सक्षम रहेको सन्देश दिएको विश्लेषकहरुले बताएका छन् ।


