२०८२ मंसिर ९, सोमवार , ०२:३७:३० बजे

Sajhamanch
'

लेबनानमा इजरायलको हवाई आक्रमण

सोमवार, मंसिर ९, २०८२

झापा । इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गर्दै हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी अन्य ५ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका छन् । वर्षदिनअघि भएको युद्धविराम उल्लंघन गर्दै इजरायलले बेरुतमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

हिजबुल्लाहले पनि आफ्नो नेता ताब्ताबाई मारिएको पुष्टि गरेको छ । पछिल्लो आक्रमणले क्षेत्रीय तनाव फेरी चर्कने संकेत देखिएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर