२०८२ मंसिर ६, शुक्रवार , ०१:४९:२९ बजे

Sajhamanch
'

बंगालको खाडीमा शक्तिशाली आँधीको चेतावनी, अण्डमान र निकोबार टापुमा ठूलो वर्षाको सम्भावना

शुक्रवार, मंसिर ६, २०८२

झापा । बंगालको खाडीमा ठूलो समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय मौसम विभागले अण्डमान र निकोबार टापुमा भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

मौसमविद्हरूका अनुसार यो प्रणाली आजदेखि तीव्र गतिमा अघि बढ्ने अनुमान छ । निकोबारका केही क्षेत्रमा ७ देखि २० सेन्टीमिटर र अण्डमानमा ७ देखि ११ सेन्टीमिटर वर्षा हुन सक्ने भनिएको छ ।

त्यसैगरी त्यसक्षेत्रमा ४० देखि ५० किलोमिटर प्रति घन्टासम्मको हावाहुरीसहित चट्याङको चेतावनी दिइएको छ । माछापालकहरूलाई अवको दुई/तीन दिन समुद्रमा नजान र स्थानीयलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको खबरमा उल्लेख छ ।

सम्बन्धित खबर