
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदानमा बेलुकी ४ बजे हुनेछ ।
पोखरा आज पहिलो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम लगातार दोस्रो जितको योजना सहित मैदान प्रवेश गर्नेछ । प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पोखरा पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डुलाई हराउँदै विजयी शुरूवात गरेको थियो ।
पोखरा शीर्ष ४ मा पुग्ने अवसर कायम राख्न आजको खेल जित्नैपर्ने दबाबमा छ । सुदूरपश्चिमले पनि शीर्ष ४ भित्रको स्थान सुरक्षित राख्ने योजना बनाएको छ । अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम उच्च मनोबलसहित मैदान उत्रदा पोखरा यसअघिको अनुभवबाट केही सुधार गर्ने लक्ष्यमा छ ।


